जनताको अभिमतको व्यवस्थापनबाट लोकतन्त्र सुदृढ बनाउन निर्वाचन गर्ने गरिन्छ र आसन्न निर्वाचन नजिकिँदै छ। जनताले पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि छान्न आतुर छन्। चुनावको माहोल मतदान गर्ने तयारीमा पुगेको छ। जनताको अपेक्षा र शासकीय प्रभावकारिता बीचमा सन्तुलन कायम गरी जीवनस्तर सुधार गर्न र लोकतन्त्रको लाभ लिन मतदाता मतदान गर्न प्रतीक्षारत छन्। मतदानको व्यवस्थापनका लागि तयारी अवस्थामा राज्य संयन्त्र सक्रिय रहेको छ।
आमनिर्वाचनको तयारीको अन्तिम चरणमा रहेको बेला सबैले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने अपेक्षा गर्नु स्वाभाविक हो। चुनावको माहोल मतदान केन्द्रमा पुगेको अवस्थामा आममतदाताले आफ्नो अभिमतलाई निर्भीकता साथ मतदानबाट व्यक्त गरी शासन र सरकारको स्वरूप निर्धारण गर्ने आधार तय गर्नुपर्छ। जनताको सार्वभौम अधिकारको गोप्य मतदानबाट उपयोग गर्नु र गराउन सबैको सक्रियताको अपेक्षा गरिएको छ।
मतदानको व्यवस्थापनका लागि आवश्यक कर्मचारी, निर्वाचन सामग्री, सुरक्षा बन्दोबस्त, मतदाता शिक्षा, जनशक्तिलाई तालिम र अन्य बन्दोबस्तीको व्यवस्था भएको पाइन्छ। आमचुनावमा मतदान गर्न कसैलाई दबाब र प्रभाव नहोस् भन्ने विषयमा चुनाव पर्यवेक्षण र अनुगमनको व्यवस्था पनि भएको छ। आमचुनावको लागि आवश्यक व्यवस्थापन मापदण्डका खाकाहरू तयार भएका छन्। मतदान गर्न सहज र सरल होस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ।
आमनिर्वाचनको महान् अभियानमा मतदाता केन्द्रित मतदान व्यवस्थापन गर्न राजनीतिक दल, मतदान केन्द्रित कर्मचारी, सुरक्षा संयन्त्र, आमसञ्चार र स्वयं मतदाताको महìवपूर्ण भूमिका रहन्छ। आमचुनावको प्रमुख भूमिकामा राजनीतिक दल वा उम्मेदवारको हुने हुँदा मतदान व्यवस्थापनमा सक्रिय भूमिकाको अपेक्षा गरिएको छ। दल वा उम्मेदवारले निर्वाचन आचारसंहिता र प्रचार प्रसारको शून्य समयको पालना गरी मतदानको निष्पक्षता र मतदाताको सहभागिता बढाउन अग्रसर हुने, मतदानमा आउन सक्ने सानातिना विवादको व्यवस्थापन गर्ने जस्ता विषयमा राजनीतिभन्दा माथिको सोचका साथ निष्पक्ष रूपमा सहयोग पु¥याउने सक्रिय भूमिकाको अपेक्षा गरिएको छ।
मतदान व्यवस्थापन गर्न खटिएका कर्मचारी र सुरक्षा संयन्त्रले आमनिर्वाचनको महान् अवसरमा मतदाताको सहभागिताको व्यवस्थापन गर्ने, मतदाताको मतदानको विशेष व्यवस्थापन गर्ने, शून्य समयको पालना गराउने, मतदान क्षेत्र वरिपरि मदिरा निषेध तथा शान्त वातावरण बनाउने, मतदानको कामको जिम्मेवारी तोक्ने, सुरक्षा संयन्त्र र मतदान व्यवस्थापनको समन्वय गर्ने सर्वदलीय बैठक गरी मतदानमा आउन सक्ने जोखिमको न्यूनीकरण गर्न तयारी गर्नेजस्ता विषयमा मतदान अधिकृत र अन्य कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ।
आमचुनावमा मतदाताले मत कलाई दिने भन्ने निर्णय आफँै गर्नु पर्छ र आफ्नो जनमतको सदुपयोग आफैँ गर्न अग्रसर हुनुपर्छ। मतदानको बेलामा मत दिन अलमल गर्नु वा अर्काको साहारा खोज्नु राम्रो हँुदैन र मतदाताले मत दिने चिह्नको घेराभित्र पर्ने गरी मतदान गर्दा मत बदर हँुदैन। मतदाताले मतदान गर्दा मतदाता शिक्षाको भरपूर उपयोग गर्नुपर्छ। मतदानको समयमा केही अलमल भए मतदान अधिकृत वा अन्य कर्मचारीको सहयोग लिन सकिन्छ। तर मत कसलाई दिने भन्ने विषयमा भने आफँै निर्णय गर्नुपर्छ।
मतदानअघि मतदानको व्यवस्थापन गर्न वैकल्पिक आधारहरू तय गर्ने र मतदान हुनुपूर्वका विधिको पालना गर्ने गराउने काम गर्नुपर्छ। मतदानमा खटिएका कर्मचारी र सुरक्षा संयन्त्रबीचमा बैठक बसी मतदानको दिन आउन सक्ने जोखिमको व्यवस्थापन गर्न रणनीति बनाई अघि बढ्ने र मतदानमा सहभागी मतदाताले समयमै मतदान गर्न सक्ने वातावरण बनाउनु पर्छ।
आमचुनावको दिन मतदाताले चारवटा मतपत्रमा मतदान गर्नै पर्छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतदान गर्ने र त्यसपछि प्रतिनिधि सभाको समानुपातिकको मत दिनुपर्छ। त्यसपछि सम्बन्धित प्रदेश सभाको प्रत्यक्षतर्फ मतदान गने र प्रदेश तर्फको समानुपातिक मतदान गरेपछि मात्र मतदाताको महान् काम सम्पन्न हुन्छ। मतदान व्यवस्थापनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मतदान निर्देशिकाको विधि तय भएको छ। मतदान व्यवस्थापन गर्न मतदान निर्देशिकाको अक्षरशः पालनामा जोड दिन आवश्यक छ। मतदानको समयमा मतदानको अवरोध नहोस् भनेर निर्वाचन कसुर सजाय ऐनको व्यवस्था गरिएको छ। मतदान व्यवस्थापनका लागि जनशक्ति व्यवस्थापन र अन्य कानुनको व्यवस्था भएका छन्। मतदान व्यवस्थापन गर्न मतदान अधिकृतको काम कर्तव्य र जिम्मेवारी तोकिएको छ। सहायक मतदान अधिकृत र अन्य कर्मचारीको जिम्मेवारी पनि उल्लेख गरिएको छ।
आमचुनावमा मतदानको राम्रो व्यवस्थापन गर्न सके मतदातामा उत्साह हुने, सुरक्षाको अनुभूति भई चुनावमा सहभागिता बढ्ने र चुनावको माहोल सकारात्मक दिशातिर निर्देशित हुन्छ। मतदान नै आमचुनावको महत्वपूर्ण कार्य भएकोले मतदानको महìवको सबै मतदातले आत्मसात् गर्नु हुनेछ। मतदानको व्यवस्थापनको सहज वातावरण बनाउन मतदातालाई आवश्यक खानेपानीको ब्यवस्था गर्ने, शौचालयको व्यवस्थापन, वृद्ध शारीरिक कमजोर भएका र सुत्केरी बिरामीलाई चाँडो प्रक्रियाबाट मतदान गर्न व्यवस्था मिलाउने, अशक्त र वृद्ध मतदाताको अस्थायी विश्राम स्थल बनाउने र मतदाताको मतदानपछि घर फर्कने वातावरण बनाउनेजस्ता काममा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
मतदान स्थलमा विवादित विषयमा मतदान अधिकृत वा सहायकले विधि प्रक्रियाको अवलम्बन गरी निर्णय लिनुपर्छ। मतदान स्थलको अवस्थाको तोकिएको एस.एम. एस.बाट निरन्तर जानकारी गराइराख्नु पर्छ। मतदान हुनुपूर्व मतदानको मुचुल्का तयार गर्ने र मतदान सकिएपछिका मुचुल्का र सिलबन्दी गर्ने काममा हासियारीपूर्वक प्रतिनिधिको राहोबरमा गरी सहीछाप लगाइ मत पेटिकाको सुरक्षा गरी तोकिएको स्थानमा मतपेटिका, मुचुल्का र खर्च नभएका सामग्री बुझाउने र बुझाएको भरपाइ वा निस्सा लिनुपर्छ। मतदानको मतपेटिकाको सुरक्षा व्यवस्था गरी सम्बन्धित स्थानमा बुझाएपछि मतदानको व्यवस्थापनको अन्तिम चरण समाप्त हुन्छ। नेपालको भूगोलको अवस्था र मतदाताको मत दिने अधिकारको व्यवस्थापन गर्न चुनौतीहरू पनि छन्। मतदानको बेला सुरक्षा चुनौती पनि देखिन सक्छन्। मतदानको स्थल वरिपरि भोजभतेर जस्ता आचारसंहिता विपरीतका काम हुन सक्छन्। मत दिएको फोटो खिच्ने र जबरजस्त गर्न खोज्ने मतदाताको मत दिने अधिकारको अस्वस्थ वा आँखा नदेख्ने जस्ता बहाना बनाई आफैँ मत दिन खोज्नेलगायतका चुनौती देखिन सक्छन्।
मतदानको व्यवस्थापनको महत्वपूर्ण चुनौती सिलबन्दी मतमेटिका तोकिएको स्थानमा पु¥याउनु वा बुझाउनु हो। यस विषयमा निर्वाचन आयोगले विशेष रणनीति बनाएको छ। दुर्गम र विकट स्थानका मतदाताको जनमतको संरक्षण गर्ने र चुनावमा सहभागिताको सहज अवस्था बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ। चुनावजस्तो महान् कार्यमा सबैले विशेष महìव दिन आवश्यक छ। आवधिक निर्वाचनमा सहभागिता भई भोलिको भविष्य निर्धारण गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। समय आउँछ पर्खिंदैन भनेझैँ समयमा गर्ने काममा आममतदाताले ध्यान दिने र मतदानको महान् कार्यमा सरिक भई शासकीय आधार तय गर्न लाग्नुपर्ने हुन्छ। मतदाताको मतको व्यवस्थापन गर्न राज्य संयन्त्रको प्रभावकारी भूमिका रहेको र यसका लागि आममतदाता, राजनीतिक दल, कर्मचारी एवं सुरक्षा अङ्गसमेतको संयुक्त प्रयासबाट सफलता मिल्ने अपेक्षा गरिएको छ।