• १२ साउन २०८१, शनिबार

अध्यक्ष नेपालबाट खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

blog

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौँ, साउन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा आज पशुपति आर्यघाटमा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उहाँका श्रीमान मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित खतिवडाको निधन भएको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

परिवारले शिक्षण अस्पतालबाट आज शव बुझेपछि तीनै जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यस्तै पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका नेता कार्यकर्ता पशुपति पुगेर मृतकप्रति श्रद्धाञ्जली दिनुुका साथै परिवारलाई सान्त्वना दिनुभएको थियो । रासस