• १३ साउन २०८१, आइतबार

रेल सेवा चार दिन बन्द हुने

blog

जयनगर–जनकपुरमा सञ्चालन हुँदैआएको रेल । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक ३० गते । नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङ्सिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सो सेवा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । अगामी मङ्सिर ५ गतेदेखि पुनः नियमित रेल सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।  

सुरक्षित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मधेश प्रदेशका जिल्लासँग जोडिएको भारतीय सीमा नाका बिहीबारबाट तीन दिन अर्थात् मतदानको ७२ घण्टा अघिदेखि बन्द हुने भएको छ ।