• १३ असोज २०८१, आइतबार

२४ घण्टामा थप नौ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, कात्तिक ३० गते । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ६२०  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७५ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३३ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।