• १३ असोज २०८१, आइतबार

निर्वाचनलाई उत्सवका रुपमा लिन मतदातासँग प्रधानमन्त्री देउवाको अपिल

blog

काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई उत्सवको रूपमा लिन सबै मतदातासँग अपिल गर्नुभएको छ ।

आज एक भिडियो सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले ‘‘हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्ने छौं ।’’ 

यसैगरी, ‘हामी कुरा होइन काम गछौं’ भन्ने विश्वास पनि मतदाताहरूलाई दिलाउनु भएको छ । प्रधानमन्त्रीले मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता दिदीबहिनी र दाजुभाइमा हार्दिक अपील पनि गर्नुभएको छ । 

हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्नेछौँ ।

लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्म हो, निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व भएको उहाँले बताउनु भएको छ । 

प्रधानमन्त्री देउवाले जहानीया राणा शासनको आन्दोलनले राजनीतिको चरण पार गरिसकेको छ, अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई समृद्धिको बोटोलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । 

२०४६ सालपछि मुलुकले एउटा सामाजिक र आर्थिक विकासको एउटा बाटो लिएको छ तर पनि धेरै काम गर्न बाँकी छन् भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि कांग्रेसको जिम्मेदारी हो ।’’ 

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौं, सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली कांग्रेसको सरकारले महत्वपूर्ण काम गरेको छ । अझै परिणाम देखिने गरी अगाडि बढाइने छ ।’’ 

उहाँले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो र त्यही सूत्रका आधारमा अघि बढ्न हामी प्रतिबद्धता पनि दोहोराउनु भयो । 

निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ भन्दै प्रधानमन्त्रीले दुई दुई पटक संसद विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको तथ्य औंल्याउनु भएको छ । 

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धन र कांग्रेसलाई मत दिन अपिल गर्दै भन्नुभयो, ‘‘मङ्सिर ४ गते हुने निर्वाचनमा सहभागी भई उत्साहपूर्ण सहभागी भई प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका चुनाव चिह्नमा र समानुपातिकतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा आफ्नो अमूल्य मत दिनु होला भन्ने सबैमा अनुरोध गर्दछु ।’’