• १३ साउन २०८१, आइतबार

कलिङ साहित्य महोत्वस हुने

blog

काठमाडौँ, मङ्सिर १ गते । कलिङ साहित्य महोत्सवले १५ लेखकलाई ‘यशस्वी बुक अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ। ‘काठमाडौँ कलिङ लिट्रेचर फेस्टिभल’ले आगामी सेप्टेम्बरमा वार्षिक काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने र सोही अवसरमा अवार्ड प्रदान गर्ने भएको छ। 

तीन दिनसम्म आयोजना हुने सो महोत्वसमा लेखकहरूले वार्ता कार्यशाला, बहस, छलफल, प्रत्यक्ष वार्तामा विभिन्न सत्रहरूको आयोजना गर्ने जनाइएको छ। कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक महोत्सवहरूमध्ये एक हो। यस वर्षदेखि कलिङ साहित्य महोत्सवले ‘काठमाडौँमा कलिङ साहित्य महोत्सव’ सुरु गरेको हो। 

महोत्सवमा नेपाल, भारतको साहित्यिक, सांस्कृतिक, कला परम्परामा केन्द्रित रहने आयोजकले जनाइएको छ। काल्पनिक र गैरकाल्पनिक पुस्तक, कथा, कविता, अनुवाद, व्यापार र राजनीतिक मामिलासम्बन्धी पुस्तक, वातावरणीय पुस्तकहरू, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद, जीवनशैली र उदीयमान प्रवृत्तिका पुस्तकलगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले सबै विधाका प्रकाशक, लेखकद्वारा पेस गरिएका र मनोनयन गरिएका पुस्तकबाट पुस्तकहरू चयन गरिएको जानकारी दिनुयभो।