• ८ मंसिर २०८१, शनिबार

चलचित्रमा आमाबुवाको पीडा

blog

काठमाडौँ, मङ्सिर २ गते । गीतकार तारा अधिकारीद्वारा निर्देशित छोटो चलचित्र सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ। चलचित्रमा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा देखाइएको छ। चाडबाडको बेलामा विदेशिएको सन्तानको यादको पीडा परिवारले कसरी भोग्छ भन्ने कुरा चलचित्रमा छ। 

रोगले ग्रस्त बाबुको विदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य निर्देशक अधिकारीले भिन्न ढङ्गबाट चलचित्रमा पस्कनुभएको छ। करिब २० मिनेटको छोटो चलचित्रमा सुवासप्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ।