नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ निटफेस्ट २०२२ ले अग्रिम कार्यक्रमस्वरूप अग्रजसँग अन्तक्र्रिया गरेको छ। महोत्सव सुरु हुनु आठ दिनअघि ‘म त लालीगुराँस भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरूसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, सङ्घर्ष र तात्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो।
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ निटफेस्ट २०२२ ले अग्रिम कार्यक्रमस्वरूप अग्रजसँग अन्तक्र्रिया गरेको छ। महोत्सव सुरु हुनु आठ दिनअघि ‘म त लालीगुराँस भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरूसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, सङ्घर्ष र तात्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो।
कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकास राणाको स्वर समेटिएको छ। नारायण नेपालको शब्द रहेको गीतमा शशिविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ।
आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा सबै तयारी पूरा भएको जनाएको छ । प्रदेशभरको सुरक्षा कडा पारिएको छ भने निर्वाचनका अन्य तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल तथा उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ हुनुहुन्छ । आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका उहाँसँग राष्ट्रिय समाचार समितिले गरेको कुराकानीको सम्पादित अंश :
बागलुङको ढोरपाटन नगरपालिका–६, अधिकारीचौरका मतदातालाई मत राख्न चार घण्टा पैदल यात्रा गर्नुपथ्र्याे । मतदान गर्न जाँदा लामो समय पैदल यात्रा गर्नुपर्ने हुँदा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन थियो । विगतका निर्वाचनमा चाहेर पनि मत राख्न जान नसकेका मतदाता यस पटक उत्साहित भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ अर्ब ७६ करोड रुपियाँको दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्म पाँच अर्ब तीन करोड रुपियाँ मृत्यु दाबी, १५ अर्ब २६ करोड रुपियाँ अवधि समाप्ती दाबी भुक्तानी र १८ अर्ब ५३ करोड अवधि भुक्तानी गरेको जनाइएको छ। यसका साथै अन्य शीर्षकजस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
नेपाल विश्वको सानो मुलुक तर धर्म र कर्मले भरिपूर्ण छ। पर्यटकीय गन्तव्यका दृष्टिले प्रथम र अति रहस्यै रहस्यले भरिपूर्ण पनि। सम्पदा÷प्रडक्टले भरिपूर्ण भएर होला, नेपाल पर्यटन बोर्ड ‘न्याचुरल्ली नेपाल, वान्स इज नट इनोफ’ भन्ने शब्दले ब्रान्ड गर्छ। व्यवस्थापकीय कमजोरीका कारण हामी र हाम्रो पर्यटकीय गन्तव्य/प्रडक्टस् ओझेलमा र पहिचान र अन्वेषण एवं अध्ययन अनुसन्धान हुन बाँकी छन्। अन्यथा नेपाल ६० मिटर समुद्रको सतहबाट आठ हजार ८४८ मिटर उचाइ रहेको भूबनोटको मुलुक भएकाले विश्वमा अन्य मुलुकमा नभेटिने उचाइको अनुभव र वातावरणमा मानव क्रियाकलाप गर्न सकिन्छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पाँच वर्षपश्चात् २०७९ सालमा हुने आमनिर्वाचन हो। नेपाल सरकारले २०७९ को उक्त आमनिर्वाचन भोलि मङ्सिर ४ गते हुँदै छ। अहिले निर्वाचन आयोगका अनुसार एक करोड ८९ लाख ८८ हजार ५७० जना जम्मा मतदाता छन्। यसैका लागि लाखौँ कर्मचारी खटाइनु तथा हजारौँ मतदान स्थल कायम गरिएका छन्। दर्जनौँ राजनीतिक दल र अनेकन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। मतदाता रिझाउने कामसमेत सकिएको छ। थुप्रै नयाँ र केही पुराना अनुहार देशभरिको निर्वाचन क्षेत्रमा देखिन्छन्। अब शान्तिपूर्ण मतदान र योग्य तथा अनुभवी जनप्रतिनिधि चुनिएको हेर्ने अपेक्षा मात्र बाँकी छ।
फुटबल खेल खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च हो। त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको। विश्व कप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ। कलामिश्रित सपाट खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन।
नागरिकको भावना र चाहनाअनुसारको शासन व्यवस्था मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भोलि हुँदै छ। निर्वाचनसँगै पछिको नेपाली राजनीतिक परिवेश र राष्ट्रिय आकाङ्क्षाका विषयमा बहस बढेको छ। राष्ट्रिय सङ्कल्प पूरा हुने विषयमा आशा बढेका छन्। आमनागरिकमा निर्वाचनसँग जोडिएका चासो र सरोकार बढ्नु लोकतन्त्रका लागि सुखद हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थालाई तोकिएको क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभएको छ । निर्वाचनको निष्ठा र विश्वसनीयता कायम गर्न पर्यवेक्षणको पाटो महत्त्वपूर्ण रहने हुनाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शक रूपमा ग्रहण गर्ने बताउनुभयो ।