• १३ असोज २०८१, आइतबार

‘तटस्थ रूपमा पर्यवेक्षण गरिदिनुहोस्’

blog

काठमाडौँ, मङ्सिर ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थालाई तोकिएको क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह गर्नुभएको छ । निर्वाचनको निष्ठा र विश्वसनीयता कायम गर्न पर्यवेक्षणको पाटो महत्त्वपूर्ण रहने हुनाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शक रूपमा ग्रहण गर्ने बताउनुभयो । 

उहाँले स्थानीय निर्वाचनमा पर्यवेक्षक संस्थाबाट आएको सुझावका आधारमा मतदान स्थल र मतदान केन्द्रहरू पहुँचयोग्य र सहज तुल्याइएको प्रस्ट्याउनुभयो । 

प्रमुख आयुक्त थपलियाले मतदाता नामावलीलाई समेत सकेसम्म शुद्ध बनाइएको दाबी गर्नुभयो । उहाँले आवधिक निर्वाचन कहिले हुन्छ भन्ने अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सबै पक्षको भूमिका महìवपूर्ण हुने बताउनुभयो ।