• १३ असोज २०८१, आइतबार

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । फाइल तस्बिर

भरतपुर, मङ्सिर ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल चितवन आउनुभएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुग्नुभएको हो ।

उहाँले चितवन क्षेत्र नम्बर ३ बाट मतदान गर्नुहुनेछ । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उहाँले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको अधिकारीले बताउनुभयो । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।रासस