• १३ असोज २०८१, आइतबार

प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सचिवले मतदान गर्ने समय मतदानस्थल

blog

आइतबार हुने संघीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुहुने भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदानस्थल । तस्बिर : दिनेश लुइटेल

काठमाडौं, मङ्सिर ३ गते। आइतबार हुने संघीय निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीमा मतदान गर्नुहुने छ। प्रमुख आयुक्त थपलियाले बिहान ७ बजे मतदान गर्नुहुनेछ। 

त्यसैगरी आयुक्त ईश्वरप्रसाद पौडेलले ललितपुरको सानेपास्थित टीमा विध्याश्रम माविमा मतदान गर्नुहुनेछ। मतदानका लागि उहाँ आइतबार बिहान ७ बजे नै मतदान स्थलमा पुग्नुहुने आयोगले जानकारी दिएको छ। 

आयुक्त रामप्रसाद भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्यामन्दिर स्कुलमा मतदान गर्नुहुनेछ। उहाँ मतदानका लागि बिहान ८ बजे मतदानस्थलमा पुग्नुहुने कार्यतालिका रहेको छ। 

त्यसैगरी आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दर बजार नगरपालिका -२ मा रहेको महेन्द्र मन्दिर मावि परेवाडाँडा केन्द्रमा पुगेर आइतबार बिहान ७ बजे मतदान गर्नुहुनेछ। 

आयुक्त सगुन शम्शेर जबराले काठमाडौंको टोखा नगरापलिका -४ मा रहेको धापासी निमावि मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुहुनेछ भने आयोगका सचिव गोकर्णमणि दुवाडीले काठमाडौंकै नागार्जुन नगरपालिका -२ मा रहेको रेडमडिल स्कुलमा बिहान ७ बजे मतदान गर्नुहुनेछ।