• १३ असोज २०८१, आइतबार

मतदानलाई असर पार्ने कार्य निस्तेज, ३४ स्थानमा शङ्कास्पद बस्तुको डिस्पोज

blog

काठमाडौं,मंसिर ४ गते । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ वटा शङ्कास्पद वस्तु भेटिएपछि डिस्पोज गरिएको छ । देशका विभिन्न ठाउँमा फेला परेका ३४ शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको हो । 

मतदान कार्यलाई असर पार्नेगरी राखिएका यी शङ्कास्पद बस्तुहरूलाई सेनाको टोलीले निष्क्रिय पारेको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले दिएको जानकारी अनुसार शङ्कास्पद वस्तु राखेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु  भएको उहाँले बताउनुभयो । 

अहिले देशका सबै ठाउँमा शान्तिपूर्णरूपमा मतदान भइरहेको पनि उहाँले बताउनुभयो । मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।