• १३ असोज २०८१, आइतबार

बाजुरामा शान्तरुपमा मतदान हुँदै

blog

बाजुराको बूढीगङ्गा नगरपालिका ४ को थुमा मतदान केन्द्रमा शान्तपुर्ण वातावरणमा मतदान गर्दै स्थानीय । तस्विर : शेरबहादुर सार्की,बाजुरा।

शेरबहादुर सार्की

बाजुरा, मङसिर ४ गते । बाजुरामा शान्त वातावरणमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूले शान्त वातावरणमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

आज भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले कात्तिक २९ गतेबाट निर्वाचन सामग्री रुजु गर्दै कर्मचारीहरूलाई मतदान स्थलमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

बाजुरामा ७० वटा मतदान स्थल र ११२ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्र अहिले शान्तपूर्णरुपमा मतदान सुरु भएको छ । सो मतदान केन्द्रमा अहिले ९०१ जना कर्मचारीसमेत खटाएका छन् । आजको निर्वाचनमा महिला ४० हजार ८३८ र पुरुष ४२ हजार ७२७ गरी ८३ हजार ५६७ जना मतदाताले मतदान गर्न पाउने छन् ।

बाजुरामा जङ्गबहादुर गिरी स्वतन्त्र टेक बहादुर बडुवाल जन समाजवादी राम बहादुर शाही, नेकपा एमालेका कर्ण बहादुर थापा र नेपाली कांग्रेसका पार्टीका बद्रीप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यका उमेदवार रहेका छन् । भने प्रदेश (क) नेकपा एमालेका बलदेव रेग्मी नेकपा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बि.क. एकीकृत समाजवादी पाटीका नरेश शाही उम्मेदवार रहेका छन् । प्रदेश (ख) बाट  नेकपा एमालेका लालबहादुर थापा नेपाली काँग्रेसका पदम बहादुर शाही उम्मेदवार रहेका छन् । 

चुनावलाई सभ्य र भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरेको छ, अहिले जिल्ला  सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।