• १३ असोज २०८१, आइतबार

पाँच जिल्लामा ५३ राउन्ड हवाई फायर

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । 

उहाँका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ । सिरहाको मिर्चैया बडहरामालमा तीन राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड, हुम्लामा १८ राउन्ड, हुम्लाको देवकोटा मावि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा एक, बाजुरामा पाँच र डोटीमा चार राउन्ड हवाई फायर भएको छ । 

मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रण लिनका लागि हवाई फायर गरेको हो । उहाँले भन्नुभयो, “अहिलेसम्म मतदान शान्तिपूर्ण छ । सुरक्षा व्यवस्था कडा छ । प्रहरीलाई गोली प्रहार गर्नेसम्मको अधिकार दिइएकाले त्यस्तो अप्रिया घटना भने अहिलेसम्म भएको छैन ।” अहिलेसम्म हेलिकोप्टरको प्रयोग पनि नभएको उहाँले बताउनुभयो ।