• १३ असोज २०८१, आइतबार

पश्चिम नवलपरासीमा १ बजेबाट मतगणना सुरु गरिने

blog

गोपी ज्ञवाली 

नवलपरासी, मङस्रि ५ गते । पश्चिम नवलपरासीमा दिउँसो एक बजेबाट मतगणना सुरु हुने भएको छ । नवलपरासी सङ्घीय क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको सभाहलमा र २ को मतगणना रामग्राम नगरपालिकाको सभाहलमा एक बजेदेखी सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । 

मतगणनाका लागि दुई वटै मतगणना स्थलमा सुरक्षाको लागि भन्दै तारजाली, सिसी क्यामरा, रातीको समयमा उज्यालोका लागि विद्युतीउपकरणसहित सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको छ । 

नवलपरासीको क्षेत्र नं १ मा ८० हजार ५३० र क्षेत्र नम्बर २ मा ८८ हजार ५२३ गरी जम्मा १ लाख ६९ हजार ५३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।