• ५ जेठ २०८१, शनिबार

कतार विश्वकपका तथ्य

blog

अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई सन् २०१० मा पछाडि पारेर कतारद्वारा आयोजना अधिकार प्राप्त। 

यस प्रतियोगिताको पहिलो खेल सुरुमा हल्यान्ड र सेनेगलबीच हुने तय थियो तर पछि आयोजकबाटै सुरु गर्ने भएपछि कतार र इक्वेडरबीच उद्घाटन खेल हुने भएको छ। 

चार वर्ष पहिले विश्वकप आयोजना गरेको रुस युक्रेनमाथि हमला गरिरहेका कारण यसपालि विश्वकपमा प्रतिबन्धित छ। 

विश्वकपमा पहिलो पटक महिला रेफ्री।

यसपालि चार पटकको विश्वकप विजेता इटाली विश्वकपमा पुग्न असफल भएको छ।    

कतारले पहिलो पटक विश्वकपमा खेल्ने छ। कतार हाल एसियाकप विजेता हो।

फिफाले टिममा खेलाडीको सङ्ख्या बढाएर २३ बाट २६ पु-याएको छ।

प्रशिक्षकले आफ्नो टिमको खेलमा यसपालि पाँच खेलाडी स्थानापन्न गर्न पाउने छन्। तर सबै अवस्थामा त्यसो गर्न मिल्ने छैन। नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्यो भने थप स्थानापन्न खेलाडी टिममा जोडिने छन्। अनि प्रशिक्षकले आवश्यकताअनुसार तिनको प्रयोग गर्ने छ। 

ब्राजिल, अर्जेन्टिना, इङ्ग्ल्यान्ड, फ्रान्स, बेल्जियम, स्विट्जरल्यान्ड, सर्बिया र मोरक्को अपराजित रहेर कतार विश्वकपमा पुगेका हुन्।