• १३ साउन २०८१, आइतबार

सप्तरी क्षेत्र नम्बर एक र दुईको मतगणना सुरु

blog

सप्तरी, मङ्सिर ५ गते । सप्तरी क्षेत्र नम्बर एक र दुईको मतगणना सुरु भएको छ । मतपेटिका सङ्कलनपश्चात् तत्कालीन सर्वदलीय बैठक बसी सहमति जुटाएर राति नै मतगणना सुरु गर्ने मुख्य निर्वाचन कार्यालयको तयारी रहे पनि सर्वदलीय बैठकले भोलि बिहानबाट गर्ने भएको सहमति अनुसार सोमबार नौ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । 

त्यसै गरी सप्तरी क्षेत्र नम्बर एकको पनि आइतबार अबेर राति नै सर्वदलीय बैठक बसी सोमबार बिहान आठदेखि नौ बजेको समयमा मतगणना सुरु गरिसक्ने सहमति अनुसार अहिले नौ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मतपेटिका सङ्कलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी क्षेत्र नम्बर तीन र चारको मतगणनाका लागि बिहान १० बजे बस्ने सर्वदलीय बैठकले मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने सम्बन्धित निर्वाचन अधिकृतहरूसँग जानकारी प्राप्त भएको छ, उहाँले भन्नुभयो ।

सप्तरीको क्षेत्र नम्बर १ को लागि कञ्चनपुर, दुईको लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय त्यस्तै,क्षेत्र नम्बर १ को लागि कञ्चनपुर, तीनको लागि शम्भुनाथ र निर्वाचन क्षेत्र नम्बर ४ को लागि खडक नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा गर्न मुख्य निर्वाचन अधिकृत रावलले बताउनुभएको छ । 

Author

ललिता साह