• १३ असोज २०८१, आइतबार

काठमाडौंको तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

blog

काठमाडौं, मङ्सिर ५ गते । काठमाडौंमा प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । गणना भएकामध्ये तीन स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।

क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, ३ मा एमालेका कृष्णबहादुर राई, ४ मा नेपाली कांग्रेसका गगन थापा अगाडि हुनुहुन्छ ।

यसैगरी, क्षेत्र नम्बर ५ मा कांग्रेसका प्रदीप पौडेल, ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा एमालेका श्याम घिमिरे, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त महर्जन, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा नेपाली कांग्रेसका राजन केसी अगाडि हुनुहुन्छ ।