गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको ‘रातो कार’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।
चिसो बढ्दै जाँदा हेर्दा आकर्षक देखिने फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थालेको छ। महिला पुरुषका विभिन्न मोडेल तथा रङमा उपलब्ध डाउन ज्याकेट बाइक, स्कुटर चलाउनेहरूले बढी प्रयोग गर्छन्। गुणस्तरीय डाउन ज्याकेटमा राजहंसको रौँ प्रयोग गरिने भए पनि अहिले फर्म, सिलिकन तथा कपासका ज्याकेटलाई पनि डाउन ज्याकेट भन्न थालिएको छ।
यसपालि ब्राजिलसँगै अर्जेन्टिनालाई पनि प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। फुटबलर डिएगो म्याराडोनापछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छैन। म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिले विश्वकप पनि हो। अर्जेन्टिनाले यसपालि विश्वकप जितेमा म्याराडोनाप्रति हकलाग्दो श्रद्धाञ्जलि हुनेछ। लियोनेल स्कालोनीको प्रशिक्षकत्व र लियोनेल मेसीको कप्तानमा अर्जेन्टिनाको लय पनि गजबको छ। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ। यसबीच अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि पनि जितेको थियो। त्यसैले पनि विश्वकप उपाधि दाबेदारको सूचीमा अर्जेन्टिनाको नाम सबैभन्दा माथि छ।
संविधान सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७७ मतले पछि पर्नुभएको छ ।
युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए ।
विश्वकप फुटबलको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ। यस पटक फ्रान्स उपाधि रक्षा अभियानमा रहनेछ तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन। यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ। अझ प्रेरणादायी स्ट्राइकर करिम बेन्जामा, क्रिस्टोफर कुन्कु तथा मिडफिल्डरहरू पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा नहुँदा फ्रान्सको चिन्ता बढेको छ। चार वर्षअघि विश्वकप ट्रफी जितको यात्रामा फ्रान्स निकै प्रभावशाली थियो। पोग्बा र कान्टे दुवै पछिल्लो संस्करणमा उपाधि जित्दा मिडफिल्डमा प्रमुख खेलाडीद्वय थिए। यसैगरी बेन्जामा गत महिना विश्वका सर्वश्रेष्ठ फुटबलर घोषित भएर बालन डि ओर विजेता हुनुहुन्छ। क्रिस्टोफरले सन् २०२२ मा आफ्नो टिम लेप्जिगका लागि ३७ गोल र ११ एसिस्ट गर्नुभएको थियो।
प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।
दाङको पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिका–२, मर्पेसका किसान खेतुलाल विकले १२ वर्षदेखि घुइया (पिँडालु), अदुवासँगै बेसार खेती गर्दै आउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले १६६ मतले अग्रता लिनुभएको छ ।
बर्दिया ठाकुरद्वारा–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनुभएको छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएन ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।
आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना कार्य सुरु भएको छ । बागमती प्रदेशका केही जिल्लामा ढिला गरी मतगणना सुरु भए पनि अधिकांश जिल्लामा सोमबार बिहानैबाट मतगणना प्रक्रिया सुरुभएको छ । मतदान स्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । प्रतिनिधि सभाको ३३ र प्रदेश सभाको ६६ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अगाडि रहेका छन् । यस प्रदेशमा प्रदेश सभा सदस्यमा प्रत्यक्षमा ६६८ उम्मेदवार प्रतिस्पर्धामा गरेका थिए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। निर्वाचन आयोगका अनुसार सयभन्दा बढी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्कबमोजिम नेपाली कांग्रेसले ३८ भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ कांग्रेसका तीन उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एमाले)ले एक स्थानमा विजय प्राप्त गरेको छ भने २५ प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ।
सर्वोच्च अदालतले ढुङ्गा, गिट्टीको उत्खनन र बिक्रीलाई सङ्घीय तहबाटै नियमन गरिनुपर्ने व्याख्या गरेको छ। कर सङ्कलनको अधिकार स्थानीय तहसँग भए पनि नियमनको अधिकार दिन उचित नहुने सर्वोच्चको व्याख्या छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत व्यापार घाटा न्यूनीकरणका लागि ढुङ्गा, गिट्टी निकासीको व्यवस्था गरेपछि सर्वोच्चमा रिट दायर गरिएका थिए। अदालतले निकासीसम्बन्धी उक्त व्यवस्था कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ। ०७९ वैशाख ७ गतेको फैसलाको पूर्ण पाठ अदालतले हालै सार्वजनिक गरेको हो।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी)मा रहन चाहनेको खोजी सुरु भएको छ । संरक्षक समितिका सदस्यको नाम सिफारिस गर्न सरकारले गठन गरेको समितिले संरक्षक समितिको सदस्यका रूपमा रहन चाहनेबाट आवेदन माग गरेको छ । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति (सर्च कमिटी) गठन गरिएको थियो ।