• १२ साउन २०८१, शनिबार

पाँचथरमा एमालेको अग्रता

blog

फिदिम, मङ्सिर ६ गते । प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।

यस्तै प्रदेश सभा तर्फको पनि मत गणना जारी छ । यहाँको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कमलप्रसाद जवेगुले अग्रता लिनुभएको छ । जवेगुले १९२३ मत पाउँदा, एमालेका राजकुमार भण्डारीले १६२३ मत प्राप्त भएको छ । 

अर्को क्षेत्रमा भने नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङवोले अग्रता लिनु भएको छ । आङवोलाई २१९३ मत प्राप्त हुँदा एमालेका अइन्द्रसुन्दर नेम्वाङले २०८० मत पाउनु भएको छ । जिल्लामा कुल ७४ हजार ८ सय ९८ मत खसेको छ ।


Author

राधा लुइटेल