• १२ असोज २०८१, शनिबार

एमाले उपाध्यक्ष नेम्वाङलाई पछि पार्दै खड्का अगाडि

blog

इलाम, मंङ्सिर ६ गते । संविधान सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७७ मतले पछि पर्नुभएको छ । नेम्वाङले दुई हजार एक सय एक मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले दुई हजार एक सय ७८ मत प्राप्त गर्नु भएको छ ।

अहिले मांङ्सेबुङ गाउँपालिकाको मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।  यस्तै प्रदेश सभा तर्फ इलाम क्षेत्र नम्बर २ को (ख) मा नेकपा एमालेका रामबहादुर रानाले एक हजार आठ सय ८३ मत ल्याए अग्रता कायम गर्नुभएको छ ।

सोही स्थानमा गठबन्धनका उम्मेदवार हर्क लावती कान्छाले एक हजार सात सय ५० मत ल्याएर पछ्याइ रहनु भएको छ ।


Author

कोकिला ढकाल