• १३ असोज २०८१, आइतबार

इरानबाट कतारमा खाद्यान्न आपूर्ति

blog

तेहरान, मङ्सिर ६ गते । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोसन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिनुभएको छ।

इरानले दुई देशबीचको सम्झौताअनुसार कतारमा केही ढुवानी सुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दै उल्लेख गरेको छ। कतारलगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिनुभएको छ। 

पेमनपाकका अनुसार यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन। 

उहाँले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई तीन अर्ब अमेरिकी डलरमा पुर्‍याउने रोडम्याप तयार गरेको पनि बताउनुभएको छ। रासस/सिन्ह्वा