सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फको धरानको वडा नम्बर १ मा खसेको मत गणना सकिएको छ ।
काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल बास्कोटा एक हजार ७६ मतले पछि पर्नुभएको छ ।
लमजुङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङकै अग्रता कायम छ । १७ हजार ९ सय २८ मतगणना गर्दा एमालेका गुरुङले ९ हजार १ सय ९ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) केन्द्रका देवप्रसाद गुरुङले ७ हजार २०० मत पाएका छन् ।
वर्तमान विश्व विविध प्रजातान्त्रिक उदीयमान अवधारणाको प्रयोगबाट अगाडि बढिरहेको छ। प्रतिनिधिमूलक राज्य संयन्त्र, शासन प्रणाली र प्रशासन यस्तै एउटा उदीयमान अवधारणा हुन्। प्रतिनिधिमूलक शासन प्रणालीभित्र प्रतिनिधिमूलक प्रशासन अपरिहार्य हुन्छ। प्रजातान्त्रिक शासन प्रणालीले राज्य व्यवस्थामा सबै वर्ग र समूहको न्यायिक तथा अर्थपूर्ण सहभागिताको सुनिश्चित गरेको हुन्छ। यो यथार्थ भए पनि विभिन्न कारणले सबै वर्ग समूह यो सर्वस्वीकृत मान्यताबाट लाभान्वित हुन सकिरहेका हुँदैनन्। राज्य संरचनाले कमजोर वर्गलाई यो अवधारणाअनरूप सम्बोधन गर्न सकेमा मात्र राज्यप्रति सबै नागरिकको समर्थन प्राप्त हुन्छ। अन्ततः राज्य संयन्त्रको प्रभावकारिता अभिवृद्धि हुनेछ। यसर्थ राज्यले सबैलाई अवसरको उपलब्धताबाट समान न्याय प्रदान ग
यस वर्षको बालाचतुर्दशी तिथि टुटेको छ। यो पर्व मङ्सिर ६ गते (आज) मङ्गलबार परेको छ। मार्ग कृष्ण त्रयोदशी डेढ घडी उप्रान्त भनौ बिहान ७ः१० बजेपछि चतुर्दशी सुरु हुन्छ। अघिल्लो दिन ५ गते बिहान ७:४१ बजे द्वादशी सकेर त्रयोदशी सुरु हुने हुँदा पशुपति क्षेत्रलगायत देशैभरिका शिवालयमा पितृका नाममा बत्ती एवं महादीप बाल्ने काम यसै रात्रिमा गरिन्छ। यो चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने पर्वका रूपमा हेरिने चलन हामीकहाँ पुरानै हो। यी दिनमा काठमाडौँको पशुपति, गौरीघाट, किराँतेश्वर, मृगस्थलीमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
म्याग्दीको प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले ३ हजार ८ सय ७ मत प्राप्त गरी अग्रता हासिल गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा ५४८ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले चार हजार तीन सय ३६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ५ हजार ८२३ मतले उछिन्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको अग्रता कायमै रहेको छ ।
सर्बियाका नोभाक जोकोभिचले तेस्रो वरीयताप्राप्त कास्पर रुडलाई ७–५, ६–३ ले हराएर एटीपी फाइनल्सको उपाधि जित्नुभएको छ। जोकोभिचले टेनिस सत्रको अन्तिम प्रतियोगिता छैटौँ पटक जितेर रोजर फेडररको कीर्तिमानको बराबरी पनि गर्नुभयो । यस प्रतियोगिताका पछिल्ला दुई फाइनलमा जोकोभिच पराजित हुनुभएको थियो। उहाँ सात वर्षपछि एटीपी फाइनल्समा च्याम्पियन बन्नुभएको हो।जोकोभिच यस प्रतिष्ठित प्रतियोगिता जित्ने सर्वाधिक पाका खेलाडी पनि बन्नुभएको छ।
स्पेनका डिफेन्डर डानी काराभाल सोमबार बिरामी परेपछि विश्वकपअन्तर्गत बुधबार कोस्टारिकाविरुद्ध खेलमा सहभागी हुनेमा शङ्का उत्पन्न भएको छ। उहाँले सोमबार अभ्यासमा पनि भाग लिनुभएन। राइट ब्याक काराभालको यो पहिलो विश्वकप हो।
टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ ले हात पारेको छ।
पर्यटन प्रवर्द्धनको हेतुले विभिन्न कार्य गर्दै आएको नेपाल पर्यटन बोर्डले नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’को विशेष प्रदर्शन आयोजना गरेको छ।
आमनिर्वाचनमा महिला मतदाताको उपस्थिति उत्साहजनक रह्यो । बिरामी, अशक्त, वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर महिलावर्ग आमनिर्वाचनमा मतदान गर्न पुगेका थिए । कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० मध्ये ८८ लाख ४७ हजार ५७९ महिला मतदाता छन् ।