• १२ असोज २०८१, शनिबार

झलनाथ खनाललाई पछि पार्दै एमालेका बस्नेतकाे अग्रता

blog

इलाम, मंङ्सिर ६ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा ५४८ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले चार हजार तीन सय ३६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । 

नेकपा एकीकृत समाजवादीका नेता समेत रहनु भएका खनालले तीन हजार सात सय ८८ मत ल्याउनु भएको छ । अहिले मत गणना जारी छ । इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ दश हजार १४२ मत गणना भएको छ । यसमध्ये नौ हजार ६५२ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

इलाम क्षेत्र नं १ को प्रदेश सभा १ तर्फ भने एकीकृत समाजवादीका उम्मेदवार खिनु लङ्वाले दुई हजार ६४६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । लङ्वालाई नेकपा एमालेकी शोभा पराजुलीले दुई हजार १७२ मत प्राप्त गरी पछ्याइरहनु भएको छ । 

Author

कोकिला ढकाल