• १२ असोज २०८१, शनिबार

धरानमा राप्रपाको अग्रता

blog

निशा राई

धरान, मंसिर ६ गते । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फको धरानको वडा नम्बर १ मा खसेको मत गणना सकिएको छ । तीन हजार ९९७ मतदातामध्ये १ हजार ८२७ मत खसेको थियो। खसेको मतमध्ये वडा नम्बर १ बाट सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक राई (अविरल) ले ४६३ मत ल्याएर अग्र स्थानमा हुनहुन्छ ।

स्वतन्त्र उम्मेदवार खरायो चुनाव चिह्नका मनोजकुमार मेन्याङ्बोले ४२५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले ३२५ मत ल्याउनुभएको हो ।  

ठूला पार्टीका दुवै गठबन्धनका उम्मेदवारहरूको मत भने न्यून छ । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले २५६ मत, एमाले जसपाका उम्मेदवार अशोककुमार राईले मात्र ७० मत पाउनुभएको छ । 

धरान वडा नम्बर १ को प्रदेशसभा १ (क) तर्फ पनि मतगणना सकिएको छ । प्रदेशसभातर्फ पनि राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठ (मकै) ले अग्रता ९७१ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । 

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाको ५१२ मत र नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले १७० मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।