• १३ साउन २०८१, आइतबार

सप्तरीमा उपेन्द्र यादवलाई पछि पार्दै सिके राउतको अग्रता कायमै

blog

सप्तरी, मङ्सिर ६ गते । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ५ हजार ८२३ मतले उछिन्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको अग्रता कायमै रहेको छ । राउतले ११ हजार ६६९ प्राप्त गर्नुभएको छ भने उपेन्द्र यादवले पाँच हजार ८४६ प्राप्त गर्नुभएको छ । 

यता लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट जयप्रकाश ठाकुरले दुई हजार १६५ मत प्राप्त गर्नुभएको छ । सप्तरीकै प्रदेश सभा २ (१) मा जनमत पार्टीका सतिसकुमार सिंह पाँच ४२३, जसपाका शैलेन्द्र प्रसाद साहले दुई हजार ६२९ र लोसपाका सरोजकुमार मण्डलले दुई हजार १७ मत प्राप्त गर्नुभएको छ ।

त्यसै गरी प्रदेश सभा २ (२) मा जनमत पार्टीका महेश प्रसाद यादवले चार हजार २८९, माओवादी केन्द्रका उमेशकुमार यादवले दुई हजार ३२५ र जसपाका लक्ष्मण यादवले एक हजार ८९० मत प्राप्त गर्नुभएको छ । 

Author

ललिता शाह