• १२ साउन २०८१, शनिबार

ललितपुर–१ मा उदय शमशेरको अग्रता

blog

ललितपुर, मङसिर ६ गते । ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले १६६ मतले अग्रता लिनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई पछि पार्दै अग्रता लिनुभएको हो । 

उम्मेदवार राणाले आठ हजार ५९७ मत प्राप्त गर्नुभएको छ भने सिलवालले आठ हजार ४३१ मत प्राप्त गर्नुभएको छ । यसअघिको गणनामा सिलवाल अगाडि अगाडि हुनुहुन्थ्यो ।