• १३ असोज २०८१, आइतबार

गृहमन्त्री खाणलाई सुरुवाती अग्रता

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, मसिंर ५ गते । रुपन्देहीको क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणले सुरुवाती अग्रता लिनुभएको छ । दिउसो २ बजेबाट यहाँ मतगणना सुरु भएको थियो । 

पछिल्लो तीन सय गणना हुँदा गृहमन्त्री एवम् कांग्रेस नेता खाणले १ सय २६ र राप्रपाका दीपक बोहोराले १ सय २ मत प्राप्त गर्नुभएको छ । खाण सत्ता गठबन्धनबाट र बोहोरा एमालेसहितको गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । अहिले मतगणना जारी छ ।