• १२ असोज २०८१, शनिबार

इलाम २ मा नेम्वाङलाई पछि पार्दै ६ मतले खड्का अगाडि

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मंसिर ५ गते । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता लिनुभएको छ । 

पछिल्लो मत परिणामअनुसार १ हजार ६ सय २३ मत गणना हुँदा खड्काले एमालेका उपाध्यक्ष एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई ६ मतले पछि पार्नुभएको हो । 

खड्काले ५ सय ४३ मत पाउँदा नेम्बाङले ५ सय ३७ मत प्राप्त गर्नुभएको छ । खड्कालाई गठबन्धनको साथ रहेको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका खड्ग बहादुर पालुङ्वाले ३ सय ७२ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार ८५ मत खसेको छ ।