• १२ साउन २०८१, शनिबार

चार हजार मतसहित भट्टराई भन्दा गगन अगाडि

blog

काठमाडौं,मंसिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले चार हजार १५४ मतसहित अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका गगन थापा १५ हजार २३६ मतसहित अगाडि रहनुभएको छ । यस्तै नेकपा एमालेका राजन भट्टराई ११ हजार ८२ मतसहित पछ्याइरहनुभएको छ ।

तेस्रो स्थानमा राप्रपाका ठाकुरमोहन श्रेष्ठले दुई हजार २६८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ । हालसम्म ३२ हजार ९२५ मत गणना गरिएको छ । यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका गगन थापा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।