ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ।
चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा कार्यविधिविरुद्ध यहाँका व्यवसायी आन्दोलित भएका छन् । बर्दिबास उधोग बाणिज्य संघको अगुवाईमा मंलवार यहाँका ब्यवासायीले सडक प्रदर्शन गरेका छन् ।
रसुवा प्रदेश क्षेत्र नं 'क' बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।
कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो ।
काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले अग्रता बढाउनुभएको हो । एमालेका उम्मेदवार ईश्वर पोखरेलभन्दा पौडेल तीन हजार ३५३ मतले अगाडि हुनुहुन्छ । ३२ हजार ८० मतगणना हुँदा कांग्रेसका पौडेल १० हजार ५७२ मतसहित अगाडि हुनुहुन्छ । एमालेका पोखरेलले सात हजार २१९ मत ल्याउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा (एस) का माधवकुमार नेपालले अग्रता कायमै रहनुभएको छ ।
मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानु भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका कांग्रेका उम्मेदवार सन्तोष चालिसेले अग्रता लिनुभएको छ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले) र (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि रहेका छन् ।
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
पाँचथरको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । आङदेम्बेले नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङलाई ३२ मतले पछाडि पार्नुभएको हो ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश लेखकले नेकपा (एमाले) की पोलिटब्युरो सदस्य नेत्री निरुदेवी पाललाई झण्डै दोब्बर मतले पछाडि पार्नुभएको छ । नेता लेखकले १० हजार १६४ मत पाउँदा नेत्री पालले ५ हजार ९०४ मत पाउनुभएको छ ।