• ७ जेठ २०८१, सोमबार

नेप्से ७.१३ अङ्कले गिरावट

blog

काठमाडौं, मङ्सिर ६ गते । चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

मङ्गलबार नेप्से सूचक ७.१३ अङ्कले घटेर १९२९.७१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अङ्कले घटेको छ भनेफ्लोट इण्डेक्स ०.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर एक अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

जेविल्स फाइनान्सको शेयर मूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ ।

तर, यता युनिलिभर नेपालको ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ । आज नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपियाँको शेयर कारोबार भएको छ ।