• १२ असोज २०८१, शनिबार

दिपायलमा माओवादी केन्द्र अघि एमाले पछि

blog

केशवचन्द्र महरा
दिपायल, मङ्सिर ७ गते । 
डोटी प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली सामान्य मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मतगणना अनुसार ओली ११३ मतले अगाडि हुनुहुन्छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का टेक बम उहाँलाई पछ्याउँदै हुनुहुन्छ ।

२२ हजार ७१४ मत गणना हुँदा ओलीले १० हजार २९३ मत प्राप्त गर्नु भएको छ भने बमले १० हजार १८२ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मोहन बमले ९५८ मत प्राप्त गर्नुभएको छ भने एक हजार २८१ मत बदर भएका छन् ।