• ११ चैत २०८२, बुधबार

मोतीविन्दुको उपचारमा ग्लोबल आइएमईले सघाउने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगङ्गा आँखा प्रतिष्ठानबिच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ । 

बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार प्रतिष्ठानले ग्लोबल आइएमई बैङ्कको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको मोतीविन्दुको पहिचान र शल्यव्रिmया निःशुल्क गर्न सहयोग गर्ने छ । साथै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण गरिनेसमेत समझदारी छ ।