• १२ वैशाख २०८१, बुधबार

सिन्धुपाल्चोक–१ प्रदेश सभा (१) मा कांग्रेसकी मसिना विजयी

blog

प्रदेश सभा सदस्यमा निर्वाचित मसिना खड्का भण्डारी । तस्बिर: गोरखापत्र

सिन्धुपाल्चोक, मङ्सिर ७ गते । सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी हुनु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ (डिबी) लाई पराजित गदै विजयी हुनु भएको छ । 

कांग्रेसबाट गठबन्धनको उम्मेदवार भई विजयी मसिनाले १४ हजार ६५२ मत प्राप्त गर्नु भएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४९० मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला श्रेष्ठले २ हजार ६७ मत प्राप्त तेस्रो हुनु भएको छ । 

उक्त प्रदेश सभामा नौँ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । मसिना  नेपाली काँगे्रस बागमती प्रदेश कार्यसमिति सदस्य हुनुहुन्छ । जम्मा ६६ हजार ७५५ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ८४५ मत खसेको थियो । ३२ हजार २६३ सदर मत र १ हजार ५८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रुद्धप्रसाद सुवेदीले जानकारी दिनु भयो ।  

Author

चित्र मिजार