• १३ साउन २०८१, आइतबार

एनसेलले ल्यायो प्रिपेड योजना

blog

काठमाडौँ, मङ्सिर ७ गते । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअन्तर्गत ‘सजिलो’, ‘सहयात्री’ र ‘सही यो’ योजना समावेश छन् । मङ्सिर ४ देखि सुरु गरिएका यी योजना ग्राहकले करसहित ९७, ९८ र ९९ रुपियाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

सजिलो योजनाअन्तर्गत सिमकार्ड लिनेले १० रुपियाँ मुख्य मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस प्राप्त गर्नेछन् । सहयात्री योजनामा ग्राहकले १० रुपियाँ मुख्य ब्यालेन्सहित एक सय  एमबी डेटा, सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । सही यो योजनाअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको एक जीबी डेटा, १० रुपियाँ मुख्य ब्यालेन्स, एक सय एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।