प्रतिनिधि सभा निर्वाचनमा उपत्यकाभित्र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शून्य भएको छ । प्रतिनिधि सभातर्फ काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये माओवादीबाट गठबन्धनका साझा उम्मेदवार चार जना थिए ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अहिले विश्वकप फुटबलमा सहभागी हुन कतारमा हुनुहुन्छ। यसै समयमा म्यानचेस्टर युनाइटेडले रोनाल्डो अब क्लबमा नरहने घोषणा गरेको छ।
तनहुँ १ (ख) बाट हरिबहादुर चुमान विजयी हुनु भएको छ । नेकपा (माओवादी केन्द्र) का चुमानले एमालेका पूर्णबहादुर गुरुङलाई हराउँदै उहाँ विजयी हुनु भएको छ ।
स्याङ्जा क्षेत्र नं १ प्रदेश (क) मा नेकपा (एमाले) का उम्मेदवार सिता कुमारी सुन्दास विजयी हुनु भएको छ ।
विश्वकप फुटबल २०२२ को प्रमुख उपाधि दाबेदार अर्जेन्टिनालाई मङ्गलबार प्रतियोगिताकै सबैभन्दा कमजोर टिमका रूपमा हेरिएको साउदी अरबले २–१ ले हराएको खेललाई विश्वकप इतिहासकै सर्वाधिक स्तब्धकारी नतिजामध्ये एक मानिएको छ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली काँग्रेस डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ ।
पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसि विजयी हुनुभएको छ ।
मुलुकको आर्थिक समुन्नति, सुगमता तथा आन्तरिक एवं अन्तर्राष्ट्रिय सम्पर्क स्थापनामा हवाई यातायातको निकै महत्वपूर्ण भूमिका रहिआएको हुन्छ। यस अघिसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै नेपालका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य छिचोल्ने एक मात्र आधार थियो। समयक्रमसँगै मुलुकमा अन्य अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरियो। यसको फलस्वरूप लुम्बिनीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालनमा आइसकेको अवस्था छ। यस्तै मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर परीक्षण उडान प्रारम्भ गरिएको छ। यो पोखराको पर्यटकीय भविष्यसमेत हो।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ ।
वि.सं २०७४ मा प्रतिनिधि सभाको चुनावपछि पाँच वर्ष नबित्दै राजनीतिक खिचातानी, दल विभाजन र शक्तिको ध्रुवीकरण देखिन थाल्यो। संसद् विघटनले वैधता पाएन सत्ता परिवर्तन भयो। बहुमतको सरकार ढलेपछिको गठबन्धन सरकार बन्यो। संवैधानिक प्रावधानबमोजिम पाँच वर्ष व्यतीत भएपछि अर्को मुलुक निर्वाचनमा गयो। २०७९ मङ्सिर ४ को चुनाव यस्तो समयमा भयो कि जतिबेला देशको अर्थतन्त्र शिथिल रहेको र कमजोर अर्थतन्त्रलाई के कसरी निकास दिने भन्नेमा अन्योलमा रहेको थियो र अद्यावधि त्यस्तो अवस्था कायम छ।
बिहान ७ः३० बजेसम्म निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ नेकपा एमालेले चार लाख ७० हजार ३५२ मत ल्याएको छ भने नेपाली कांग्रेसले चार लाख ३३ हजार ५२८ मत प्राप्त गरेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले)का यामलाल कंडेल विजयी हुनु भएको छ ।
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १४ स्थानमा जित निकालेको गरेको छ ।
सन् १९७३ मा इजरायलको जेरुसेलममा पीडितशास्त्रसम्बन्धी पहिलो भेला भएपछि सन् १९७६ मा ‘वल्र्ड सोसाइटी अफ भिक्टिमोलोजी’ गठन भएको पाइन्छ। बेलायतमा सन् १९६० को दशकदेखि पीडितको अधिकारको संरक्षणका लागि कानुनी संयन्त्रको व्यवस्था भएको देखिन्छ। त्यस्तै अमेरिकामा सन् १९८० को दशकदेखि पीडितको संरक्षणको लागि विभिन्न कार्य भए पनि सन् २००४ मा आएर मात्र पीडितको अधिकार ऐन पारित भएको हो। भारतमा भने पीडितको क्षतिपूर्तिका लागि कार्यविधि संहिताले क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरेको पाइन्छ। नेपालमा पीडितको हितमा केही का
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप–२७ इजिप्टको शार्म अल शेखमा पेरिस सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यका साथ नोभेम्बर ६–१८, २०२२ सम्म सम्पन्न भयो। यो विश्व सम्मेलनमा सयभन्दा बढी राष्ट्रप्रमुख वा सरकारप्रमुखको उत्साहपूर्ण सहभागिता देखिन्छ। सम्मेलनमा विश्वभरबाट ३३,४४९ सहभागी सम्मिलित छन्। वातावरण बचाउन, क्लाइमेट चेन्जका पक्षधर मात्र नभएर फोसिल फ्युलका पक्षपाती ६३६ सहभागीसमेत सम्मिलित भएका देखिन्छन्। कोप–२७ ले सबै सरोकारवालालाई विश्वव्यापी जलवायु आपत्काल, न्यूनीकरण, अनुकूलन, लचिलोपन, जलवायु वित्त, नोक्सान र क्षतिलगायतका विषयमा ठोस समाधान खोज्न विश्वभरिका सबैलाई एकसाथ लागि पर्न र विचार विमर्श गर्न ठूलो र साझा मञ्चसहित अवसर प्रदान गरेको छ।