• १२ असोज २०८१, शनिबार

प्रदेशसभामा माओवादी र समाजवादीको अग्रता

पाँचथरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा : मतान्तर ९६ मात्र

blog

कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेद्वार भीष्मराज आङ्देम्बे र एमालेका बसन्तकुमार नेम्बाङ। तस्बिर : नारायण तुम्बापो

राधा लुइँटेल

फिदिम, मङ्सिर ७ गते। पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो। २५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नुभएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ। 

प्रदेशसभा (क)मा जबेगुलाई अग्रता

प्रदेशसभा (क)मा कमलप्रसाद जबेगुले अग्रता लिनुभएको छ। उहाँ ३२१ मतले अगाडि हुनुहुन्छ।  एकीकृत समाजवादीका जबेगुले ९ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजकुमार भण्डारीले ९ हजार ५ सय ६ मत ल्याउनुभएको छ। 

प्रदेशसभा (ख)मा आङ्बोको अग्रता

प्रदेशसभा (ख)मा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता बढाउनुभएको छ। आङ्बोले ११ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ।  एमालेका अइन्द्रकुमार नेम्बाङले ९ हजार १ सय ८३ मत पाउनुभएको छ।  आङ्बो र नेम्बाङबीचको मतान्तर दुई हजार ७ सय २२ पुगेको छ।