• १३ साउन २०८१, आइतबार

बारा क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा एमालेका चौधरी निर्वाचित

blog

बारा ४ को प्रदेशसभा (क)मा निर्वाचित देवनारायण चौधरी। तस्बिरः शिवशङ्कर मिश्रा

शिवशङ्कर मिश्र

बारा, मङ्सिर ७ गते। बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ। चौधरी १३ हजार ६ सय नौ मतसहित निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाउनुभएको छ। 

हाम्रो नेपाली पार्टीका सन्तोष कुशवाहाले चार हजार एक सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम  मगरले तीन हजार ६ सय ५६ मत पाउनुभएको छ।