• १३ साउन २०८१, आइतबार

सर्लाही १ (क) मा लोसपाका उपेन्द्र महतो विजयी

blog

उपेन्द्र महतो । फाइल तस्बिर

जनार्जन खत्री

सर्लाही, मङ्सिर ७ गते। सर्लाहीको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उपेन्द्र महतो निर्वाचित हुनुभएको छ। महतोले १२ हजार २६५ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रामचन्द्र सिंह कुशवाहाले १० हजार १३७ मत मात्र पाउनुभएको छ।

यहाँ प्रतिनिधि सभातर्फको मतगणना भने जारी नै छ। प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाकै रामप्रकाश चौधरी ११ हजार ३५९ मतसहित अगाडि हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १० हजार १८० मत प्राप्त गर्नुभएको छ।