शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
श्यामशंकर पाण्डे
लुम्बिनी, मंसिर ७ गते । रुपन्देही –४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको छ ।
शुक्लाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई पाँच हजार दुई सय ९६ मतले पछि पार्दै २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्लाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार सात सय चार मत प्राप्त गर्नुभएको छ ।
अघिल्लो पटक शुक्ला यादवसँग पराजित हुनुभएको थियो । त्यस्तै, जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत मत प्राप्त गर्नुभएको छ ।
एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधिसभामा ७७ हजार ६४ मत खसेको थियो ।