• १३ साउन २०८१, आइतबार

गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित

blog

ललिता साह 

सप्तरी, मङ्सिर ८ गते । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।

यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु भएका समिम दश हजार छ सय ३० मत ल्याएर विजय हुनुभएका छ । जनमत पार्टीका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद मंडललाई पराजित गर्दै सुनिश्चित भएको समिमको जीतसँगै सप्तरीमा गठबन्धनको खाता खुलेको हो ।

पछिल्लो महिना मात्रै नेपाली कांग्रेस छोडेर जनमत पार्टीबाट टिकट पाउनु भएका मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जनमत पार्टीबाट उम्मेदवार रहनुभएका इन्जिनियर शम्भु साह देश सभा ३ कै (ख) तर्फ विजय हुनुभएको छ ।