नवीनराज कुइँकेल
लमजुङ, चैत ११ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, भाचेमा सडक फराकिलो बनाउनका लागि ढुङ्गा फुटाउने क्रममा पहरा खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् ।
बुधबार बिहान खुदी-घनपोखरा-नाँयु सडकअन्तर्गत सडक फराकिलो गर्ने क्रममा चट्टानको पहरा खस्दा एक्साभेटरसहित चालक पुरिएको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार ढुङ्गा फुटाउने क्रममा एक्साभेटरमाथि पहरा खसेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले सडक फराकिलो बनाउनको लागि ढुङ्गा फुटाउने क्रममा पहिरो खस्दा चालक च्यापिएको बताउनुभयो ।
पहिरोले पुरिएर मृत्यु भएका करिब ३०९३२ वर्षका युवकको पहिचान खुल्न बाँकी रहेको बस्नेतले बताउनुभयो ।त्यही रहेको अर्को सानो मेसिनले निकाल्न नसकेपछि ठुलो एक्साभेटर पठाइएको डिएसपी बस्नेतले बताउनुभयो ।
सडक बनाउने निर्माण व्यवसायी पोखराबाट आएपछि मात्रै मृतकको पहिचान खुल्ने प्रहरीले जनाएको छ ।