• १२ असोज २०८१, शनिबार

ताप्लेजुङ (ख) मा कांग्रेसका हाङ्गामा निर्वाचित

blog

ताप्लेजुङ, मङ्सिर ८ गते । ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गामा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का प्रत्याशी गोपाल थोप्रालाई पराजित गर्दै हाङ्गामा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हाङ्गामले निकटतम् प्रतिद्वन्द्वी थोप्रालाई एक हजार २४८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । बिहीबार बिहान सम्पन्न भएको मत परिणामअनुसार नेपाली कांग्रेस प्रदेश क्षेत्र (ख) का क्षेत्रीय सभापतिसमेत रहनुभएका हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

एमालेका थोप्राले नौ हजार २४८ मत मात्र प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रमा कुल २१ हजार ८०२ मत खसेको थियो । हाङ्गामको जितसँगै ३० वर्षसम्म निरन्तर नेकपा (एमाले) ले जित्दै आएको उक्त क्षेत्रमा एमालेको विरासत तोडिएको छ । सो क्षेत्रमा निरन्तर विजयी भएपछि एमालेले रजत उत्सवसमेत मनाएको थियो ।    

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क) को मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Author

चन्द्र पन्दाक