प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न मतदान स्थलमा खटिएका ९४० म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।
मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ चार करोड गरी करिब आठ करोड मतपत्र निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री लिमिटेडमा छाप्यो, जसको निम्ति करिब आठ सय ५० मेट्रिक टन कागजात खरिद भएको थियो।
जनतालाई सेवा प्रवाह र विकास निर्माणकार्य सञ्चालन गर्न सरकारी रकमको भूमिका महत्वपूर्ण हुन्छ। जनताको आवश्यकता धेरै हुने र सरकारी ढुकुटीको सीमितताका कारण साधनस्रोतको अधिकतम बुद्धिमत्तापूर्वक व्यवस्थापन गरिनुपर्छ। विकासोन्मुख देशमा यी दुईबीच सामञ्जस्यताको समस्या आई नै रहने हुँदा पूर्वनिर्धारित उद्देश्य परिपूर्ति हुन सकेको पाइँदैन। के कस्ता निर्माणकार्य तर्जुमा गर्ने, कसका लागि तर्जुमा गर्ने, कसरी कार्यान्वयन गर्नेजस्ता विषय यकिन नगरी योजना तर्जुमा तथा कार्यान्वयन गरिने प्रणालीको विकासले गर्दा सञ्चालित योजना प्रभावकारी हुन सकेका छैनन्।
दाङमा नेकपा माओवादीका इन्द्र जित थारु प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १ (क) बाट माओवादी केन्द्रका थारुले नेकपा एमालेका गङ्गाराम भट्टराईलाई एक हजार सात सय ७५ मतले पछि पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा व्यवस्थापनको अधिकार दिएको छ। मुलुकभर ७५३ स्थानीय निकाय छन्। सबै स्थानीय तहमा विद्यालय निरीक्षक छैनन्, शाखामा शाखा प्रमुख वा शाखा अधिकृत छैनन्। केही स्थानीय तहले शिक्षा ऐन र नियमावलीविपरीत शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाएर अधिकारको दुरुपयोग गरेका छन्। यस्ता स्थानीय तहमा शिक्षा प्रमुखको जिम्मेवारी पाएका शिक्षकको प्रशासनिक अनुभव नहुँदा सरकारका विभिन्न शैक्षिक कार्यक्रम विद्यालय तहसम्म पु-याउन र विद्यालयको स्तर सुधार्ने कार्यक्रमसम्म ल्याउन सकेको पाइँदैन।
चितवन १ (ख) वाट बागमती प्रदेश सभा सदस्यमा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी हुनुभएको छ ।
धादिङ क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्रका) नेता सालिकराम जम्कटेल विजयी हुनुभएको छ ।
रुकुम पश्चिम प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी विजयी हुनुभएको छ । केसीले १९ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
काठमाडौँमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । एन्ट फाउन्डेसन नेपाल र कलाकार तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको नेतृत्वमा नो सेभ नोभेम्बर फेसन फर कज रनवे सम्पन्न भएको छ ।
नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव तथा नेपाल हस्तकला महासङ्घको स्वर्ण वर्षको अवसरमा ‘नेपालका देवीदेवता’ कला प्रदर्शनी गरिने भएको छ । मङ्सिर ११–२५ सम्म नेपाल कला परिषद्को भवनमा सो प्रदर्शनी आयोजना गरिने जनाइएको छ । वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीप्रति समर्पित प्रदर्शनीमा नेपालका देवीदेवताका चित्रकला, मूर्ति, हस्तकला प्रदर्शनी गरिने बिहीबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदर्शनी उद्घाटन गर्नुहुने जनाइएको छ ।
प्रतिनिधि सभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।
उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो । मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने करदाताको दायरा विस्तार गरेको छ । आगामी माघ १ गतेदेखि लागू हुने गरी विभागले करदाता थप गरेको हो । विभागका अनुसार माघदेखि मदिरा, बियर, वाइन, स्प्रिट उत्पादन गर्ने सबै करदाताले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ । त्यस्तै चुरोट उत्पादन गर्ने प्रतिष्ठान, गुट्खा उद्योग र गत आर्थिक वर्षदेखि वार्षिक पाँच करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले पनि विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएको छ ।
झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पतालले सेवा विस्तार गर्ने भएको छ । १३ वर्षदेखि एक सय शय्यामा सञ्चालन हुँदै आएको अस्पतालले सेवा विस्तार गर्दै दुई सय शय्या सञ्चालन गर्ने भएको छ । सो अस्पतालले मेची क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, झापा र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई प्रभावकारी सेवा दिँदै आएको छ । यो अस्पताल मेची अञ्चल क्षेत्रमा स्वास्थ्य सेवा प्रदायक क्षेत्रबाट सर्वाधिक कर दाखिला गरेको भन्दै विगत तीन वर्षदेखि सम्मानित हुँदै आएको छ ।