काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । एन्ट फाउन्डेसन नेपाल र कलाकार तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको नेतृत्वमा नो सेभ नोभेम्बर फेसन फर कज रनवे सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नुथियो ।
नो सेभ नोभेम्बर एक विदेशी प्रचलन हो, जसमा पुरुषले नोभेम्बर महिनाभर क्यान्सरसम्बन्धी जागरुकताको महिना मनाउन आफ्नो दारी नखौरी बस्ने गर्दछन् । नेपालमा पनि विगत केही वर्षदेखि युवाहरूमाझ यस्तो चलन चलिरहेको छ ।