कपिलवस्तु १ (क) प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले) का विष्णु पन्थी विजयी हुनुभएको छ । पन्थीले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई ४ हजार ४५० मतान्तरले पराजित गर्नुभएको हो ।
स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।
इलाम क्षेत्र नं २ को (ख) मा प्रदेश सभाका लागि नेकपा (एमाले) का रामबहादुर रानामगर विजयी हुनुभएको छ । रानाले उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हर्क लावती (कान्छा) लाई २५ सय ७८ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
सप्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा जनमत पार्टीबाट उम्मेद्वार रहनुभएका सकिल मियाँ विजयी हुनुभएको छ । मिया १६ हजार एक सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो ।
र्लाहीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा विजयी हुनुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं.२ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लखन दास निर्वाचित हुनुभएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार दिपेन्द्रकुमार यादवभन्दा चार हजार १५१ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
सल्यानमा प्रदेश तथा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो ।
गोरखापत्र संस्थान वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबारबाट संस्थानको सेवाबाट बिदाइ लिनुभएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो ।
दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ ।
झापाको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो ।
नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।