• १२ असोज २०८१, शनिबार

म्यादी प्रहरी बिदाइ

blog

म्यादि प्रहरीको बिदाइ गर्नुहुँदै प्रहरी प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी । तस्बिर : कोकिला भडारी

कोकिला भडारी
धनकुटा, मङ्सिर ९ गते । 
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न मतदान स्थलमा खटिएका ९४० म्यादी प्रहरीलाई बिदाइ गरिएको छ ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार नियुक्त भई जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयहरूमा कार्यरत रही निर्वाचनका लागि जिल्लाका विभिन्न मतदान स्थल, मोबाइल तथा रिजर्भ डिटीमा खटाइएका उहाँहरूलाई निर्वाचन सम्पन्न भएसँगै बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको र उहाँहरूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्नुभएको बताउनुभयो ।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले अनुशासित, त्रुटिरहित ढङ्गले निर्वाचन कार्य स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीले अहम् भूमिका निर्वाह गराउन सफल भएको बताउनुभयो ।

निर्वाचनका लागि खटिनुभएका म्यादी प्रहरीहरूलाई उहाँले प्रमाणपत्र प्रदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।