• १२ असोज २०८१, शनिबार

मोरङ १ (क) मा एमालेका गौतम विजयी

blog

हरि कोइराला 

उर्लाबारी, मङ्सिर ९ गते । प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी हुनुभएको छ । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट हुनुहुन्छ । 

उहाँले निवर्तमान प्रदेश सभा सदस्य एवं संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कुलप्रसाद साम्वा लिम्बूलाई पराजित गर्नुभएको हो । लिम्बूले १० हजार ४ मत प्राप्त गर्नुभयो । मोरङ १(क) मा ६ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये राप्रपाका पूर्णबहादुर वाइवाले ९ हजार १८४ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका शिवकुमार राईले २ हजार २४२ मत, स्वतन्त्र खड्गबहादुर थापाले १ हजार १४८ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुनसिंह लिम्बूले ८१७ मत प्राप्त गर्नुभयो ।