• ११ चैत २०८२, बुधबार

पहिरोमा पुरिएर एकको मृत्यु

blog

त्रिशूली (नुवाकोट),  चैत ११ गते । नुवाकोटको शिवपुरी गाउँपालिका–३, गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो । उहाँको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् । उहाँको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन् । तामाङ केही दिन अघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ । रासस